डोटीमा संगठित हुदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय

३२ श्रावण २०७४, बुधबार ०९:२१

डोटी,२९ असार । डोटीमा लुकेर रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरु आफनो पहिचानका लागि संगठित हुन थालेका छन् । निल हिरा समाज डोटीको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा आज एक कार्यक्रमकाबीच खप्तड ईन्द्रेणी समाज गठन गरिएको छ । डोटी जिल्लामा लुकेर रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई संगठित गरि उनिहरुको पहिचान र हक अधिकारको पक्षमा पैरवी गर्ने उदेश्यले नारद गिरीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको हो ।

उपाध्यक्षमा बसन्ती कडायत,सचिवमा सुरेन्द्र कठायत,कोषाध्यक्षमा जय बहादुर ठकुल्ला,सदस्यमा कर्ण बहादुर खड्का,टेक वली रहेका छन् । अन्य सदस्यहरुमा जय नेपाली,प्रेम साउद,लोक बहादुर मल्ल,भिम खड्का र गगन बोहरा रहेका छन् । निल हिरा समाज डोटी शाखामा कार्यरत कर्मचारी र अन्य ब्यक्तिहरुलाई समाबेश गरेर कार्य समिति गठन गरिएको हो । जिल्लाका बिभिन्न ठाउका २५ जना यौनिक तथा लैंगिक अल्पसंखयक समुदायका ब्यक्तिहरुको सहभागितामा कार्य समिति गठन गरिएको हो ।

निल हिरा समाजका केन्द्रीय अध्यक्ष पिंकी गुरुड।निर्देशक मनिषा ढकाल र कार्यक्रम ब्यवस्थापक भुमिका श्रेष्ठको सहभागीतामा कार्य समिति गठन गरिएको हो । निल हिरा समाज डोटी शाखाले गत माघ महिनादेखी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई एचआईभी तथा मानब अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ ।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्र्तगतको राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा कार्यक्रम संचालनमा रहेको निल हिरा समाज डोटीका संयोजक निरंग चौधरीले बताए । खप्तड ईन्द्रेणी समाजलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरि डोटेली समाजमा लुकेर रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको पहिचान र हक अधिकारको पक्षमा निरन्तर पैरवी गरिने निल हिरा समाजका केन्द्रीय अध्यक्ष पिंकी गुरुड।ले बताईन् ।

निल हिरा समाज डोटी शाखाकी कार्यक्रम संयोजक निरंग चौधरीलगायतका कर्मचारीहरुले निल हिरा समाजकी केन्द्रीय अध्यक्ष पिंकी गुरुड।,निर्देशक मनिषा ढकाल र कार्यक्रम ब्यवस्थापक भुमिका श्रेष्ठलाई मायाको चिन्हो र फूलमालाले स्वागत समेत गरेका थिए ।

डोटीमा जिल्लामा धेरैको संख्यामा यौनिक तथा अल्पसंख्यक समुदायका ब्यक्तिहरु रहेपनि समाजको हेपाहा दृष्टिकोणका कारण लुकेर बस्न बाध्य भएको कार्यक्रमका सहभागीहरुले बताए । डोटी जिल्लामा निल हिरा समाज स्थापना भई कार्यक्रम सुरु गरेपछि केही जना लुकीछिपी आउने गरेको समेत बताईएको छ । डोटीमा यौनिक तथा लैंिगक अल्पसंख्यक समुदायका ब्यक्तिहरु हजारौको संख्यामा हुन सक्ने बताईएको छ ।