डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीले पाए राहत

४ फाल्गुन २०७४, शुक्रबार ०७:२३

फागुन ४, काठमाडौं ।

डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएका छन् जसमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल थियो ।

अमेरिकाको माथिल्लो सदनले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरेको हो । सीमा सुरक्षा र नियमसँग सम्वन्धित डाका विधेयक दुईपक्षीय समर्थनमा पेस भएका थिए ।

त्यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेका छन् । उनले यसमा भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् ।

उनले यसको समाधान आगामी मार्च पाँचसम्म खोज्न संसदलाई आग्रह समेत गरेका छन् ।

डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार जना अमेरिका जान पाउँदछन् । यस्तै फेमिली कोटाअन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुवालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नेछन् ।

यस्तो व्यवस्थाबाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डिभी चिठ्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्नेमा ट्रम्पले जोड दिँदै अाएका थिए ।

यो असफलताले नेपालीहरूलार्इ सवैभन्दा ठूलो राहत दिएको छ । डीभी परेर अमेरिका पुग्ने बिदेशीमध्ये नेपाली पहिलोस्थानमा रहँदै अाएका छन ।

नेपालीहरूले हरेक बर्ष झन्डै चार हजारका दरले डीभी चिठ्ठा पाउँदै अाएका छन् ।