डा बाबुराम भट्टराईको प्रश्नः ओलीको सति जाने कि विद्रोह गर्ने ?

१७ कार्तिक २०७७, सोमबार ११:००

काठमाडौं, सत्तारुढ नेकपा फुटको संघारमा पुगेको बेला समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपाका नेता कार्यकर्तालाई ओलीको सती नजान आग्रह गर्नुृ भएको छ ।
सोमबार बिहान सामाजिक सञ्चालनमार्फत् नेता भट्टराईले ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै अरुले उनको सति जाने कि बेलैमा विद्रोह गर्ने भनेर प्रश्न समेत गर्नु भएको छ ।

‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता ,कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो,’ नेता भट्टराईले ट्विट गर्दै भन्नु भएको छ , ‘हिजोका झापाली, माओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन्। अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने ?