डा डीआर उपाध्यायको ‘स्वार्थी छ दुनियाँ, संसार यो घाती‘’ उत्कृष्ट

१९ श्रावण २०७६, आईतवार १४:०२

काठमाडौं, डा डीआर उपाध्यायको ‘स्वार्थी छ दुनियाँ, संसार यो घाती‘’ गीतले उत्कृष्ट गीतको अवार्ड चुमेको छ । थाइल्याण्डको पतायामा भएको पाचौँ सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा यो गीतले उत्कृष्ट गीतको अवार्ड चुम्न सफल भएको हो ।

सन्तोष श्रेष्ठले सङ्गीत गरेको यो गीत गायक दीप श्रेष्ठले गाएका छन् । गत वर्ष सार्वजनिक भएको यो गीतले स्रोताको मन जितिरहेको छ ।

यसै गीतमा सङ्गीत गरेका सङ्गीतकार सन्तोष श्रेष्ठले पनि यही गीतबाट उत्कृष्ट सङ्गीतकारको अवार्ड चुम्न सफल भएका छन् । स्रोताको मन जित्न सफल यो गीतले २ अवार्ड जित्न सफल भएको हो ।

डी आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता र दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा पनि डा डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायलाई यही साउनको पहिलो साता राजधानीमा भएको एक विशेष कार्यक्रममा ‘मिलाप सम्मान’ पनि प्रदान गरिएको थियो ।