डा केसीले तोडे अनशन

२५ आश्विन २०७७, आईतवार १८:००

डा गोविन्द केसीले १९ औं आमरण अनशन जुस पिएर तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।

डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं ५०१ मा राखिएको थियो ।