डा उपाध्यायको शब्दमा ‘यो मायाको डोरो’ सार्वजनिक

३ माघ २०७७, शनिबार ०८:०९

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ ।मेलिना राई र राजन तिमिल्सिनाको स्वरको यो यूगल गीतमा तिमिल्सिनाकै संगीत निर्देशन छ ।प्रज्वलराज शाक्यको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा अञ्जु सुनार तथा सन्दिप सुवेदीले अभिनय गरेका छन् ।अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ ।फरक शैलीका गीत मार्फत डा उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल हुनु भएको छ ।गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो ।