डमरु मृत अवस्थामा फेला

१५ पुष २०७४, शनिबार १०:१०

पुस १५ काठमाडौंं ।
बैतडीमा शुक्रबार एक चितुवाको डमरु मृत अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित प्रहरी प्रमुख, प्रहरी निरीक्षक कमल विष्टका अनुसार दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक सामुदायिक वनमा पासोमा परेर मरेको अवस्थामा फेला परेको हो । उनले भने, “आज बिहान घाँस काट्न गएका स्थानीय महिलाले चितुवाको बच्चलाई मरेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।”


४ फिट ७ इन्च लामो करिब डेढ बर्षको चितुवाको बच्चा बिहीबार राति मरेको हुनसक्ने जिल्ला वन कार्यालय बैतडीले जनाएको छ । बँदेल तथा अन्य जंगली जनावरको शिकारका लागि थापेको पासोमा परेर चितिवाको बच्चा मरेको हुनसक्ने प्रहरीले जनाएको छ । पासो कसले थापेको हो भन्नेबारे केही खुल्न सकेको छैन ।