‘डन ३’ को तेस्रो सिक्वेल बन्ने पक्का, साहरुखसँग फरहान आफै भिड्ने

१४ चैत्र २०७४, बुधबार ०९:०८

चैत १४, काठमाडौं ।

बलिउड नायक साहरुख खान अभिनित सुपरहिट चलचित्र ‘डन’ को तेस्रो सिक्वेल बन्ने पक्का भएको छ ।

फरहान अख्तर निर्देशित यस चलचित्रको दोस्रो सिक्वेल सन् २०११ मा प्रदर्शनमा आएको थियो ।

दोस्रो सिक्वेल सार्वजनिक भएलगत्तै तेस्रो सिक्वेल बन्ने भनेर हल्ला चलेको थियो । अहिले तेस्रो सिक्वेल बन्ने पक्का भएको भारतीय मिडियाले जनाएका छन् ।

यस चलचित्रमा साहरुख खानसँग प्रहरी बनेर भिड्ने काम स्वयम् फरहान अख्तरले गर्ने भएका छन् । फरहानले यही चलचित्रका लागि भन्दै केही समय छुट्टी नै लिएर कथा लेखेका थिए । साहरुखले कथा पढिसकेका छन् र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा प्रियंका चोपडाको साटो अरु कुनै नायिकाले काम गर्ने बताइएको छ, तर अहिलेसम्म नायिकाको टुंगो लागेको छैन । चलचित्रको छायांकन कहिलेदेखि सुरु हुन्छ भन्ने पनि टुंगो लागेको छैन ।