ट्वाइलेटमै बिहे किन गरियो ?

२१ माघ २०७४, आईतवार १०:४३

माघ २१, काठमाडाौं । एजेन्सी

ट्वाइलेटमा त दिसा पिसाब पो गरिन्छ । तर भारतमा ट्वाइलेटमै बिहे गरिएको छ ।अनौठो लाग्ने यो घटना भारतको छत्तीसगढस्थित बिलासपुरको हो ।

समाचार अनुसार शबा नवाज नामक युवतीले १० महिना अघि नै ग्र्ने भनी तय भएको आफ्नो बिहे नगर्ने घोषणा गरेकी थिइन् । हुनेवाला बेहुलाको घरमा ट्वाइलेट नभएको भनी उनले हुनै लागेको बिहे नगरेपछि ठूलै चर्चा कमाएकी थिइन् ।

तर १० महिनापछि भने उनले तिनै बेहुलासँग बिहे गरेकी छिन्, जोसँग उनले यसअघि ट्वाइलेटको निहुँमा बिहे नगर्ने भनेकी थिइन् ।

गत वर्षको मार्च महिनामा उनले तय भएको बिहे भंग गरिन् । आफ्नो हुनेवाला लोग्नेका परिवारसँग उनले अडान राखिन् की केटाको घरमा ट्वाइलेट नभएसम्म स्वयंबर हुनेवाला छैन । यदि बिहे गर्नुछ भने केटाको घरमा पहिले ट्वाइलेट बन्नु पर्दछ ।

१० महिना अघि तय भएको बिहे एकाएक बेहुलीको शर्तका कारण रोकियो । तर केटा पक्षले उनको त्यो शर्त पूरा गर्ने बाचा गर्यो । हुनेवाला बेहुलाका बुवाआमाले घरमा शौचालय बनाउनका लागि नगर निगममा आवेदन दिए । ट्वाइलेट पनि बनि छाड्यो ।

शर्त बमोजिमको ट्वाइलेट केटाको घरमा बनेको खबर शबाको परिवार सम्म पूराइयो ।  बिहेको तयारी सुरु भयो ।

गत जनवरी २१ मा शबाको बिहे भयो उनै सरफराजसँग । बिहेको सहनाई अन्त होइन त्यहीँ ट्वाइलेटमै बज्यो ।

बिहेमा नगर निगमका सरकारी अधिकारीहरुलाई पनि बोलाइएको थियो । ट्वाइलेटमै ब्याण्डबाजा बज्न थालेपछि र बेहुला बेहुलीको बिहे नै ट्वाइलेटमै भएपनि उनीहरु पनि अक्क न बक्क भए । तर पछि उनीहरुलाई पूरै घटनाक्रमबारेमा जानकारी प्राप्त भएपछि निकै खुसी भए ।