ट्रिपरको ठक्करबाट किशोरीको मृत्यु

२७ फाल्गुन २०७४, आईतवार ०९:१५

फागुन २७, काठमाडौं ।

दोलखाबाट काठमाडौं आउँदै गरेको स्कुटीलाई ट्रिपरले ठक्कर दिँदा स्कुटीमा सवार एक किशोरीको मृत्यु भएको छ ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरेर फर्किंदै गरेको बा १६ प ९३० नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आइरहेको बा ४ ख ३८९५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।


ठक्करबाट बलेफी गाउँपालिका २ फुल्पिङकोट घर भइ हाल काठमाडौ बस्दै आएकी सरिता खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्कुटी चालक चौतारा साँग्ााचोकगढी नगरपालिकाका विनोद घिमिरे घाइते भएका छन् ।

बेलुकी साढे ९ बजे लामोसाँघु जिरी सडक खण्डको १८ किलो भन्ने स्थानमा स्कुटीलाई ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।