ट्राफिक नियम पालना नगर्नेलाई खाजा र चकलेट उपहार

२० भाद्र २०७५, बुधबार ०७:५९

स्कुटरको नम्बर प्लेट खुइलिएर नबुझिने भएपछि प्रहरीले चालकलाई जरिवानको साटो गुलियो खाजाको पोका दिँदै । तस्बिर : रमेशकुमार पौडेल (कान्तिपुर) 

नियम अनसार गाडी सानो, ठूलो जस्तोसुकै भएपनि चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जा लगायत कागजपत्र अत्यावश्यक कागजातहरु साथमै राखेर हिँड्नुपर्ने हुन्छ । यो ट्राफिक प्रहरीको नियम नै हो । नियम अनुसार गाडीको अवस्था पनि चुस्त हुनुपर्छ ।

गाडि चलाउदा ट्राफिक नियम पालना गरी चलाउनुपर्ने हुन्छ, यदि यसरी नियम पालना नगरे कारबाही भोग्नुपर्ने कानुनी प्रावधान छ । तरपनि ट्राफिक नियम पालना मान्छेहरु कमै भेटिने भएपछि प्रहरीले अचेल जुनसुकै समयमा पनि छड्के जाँच गर्न थालेको छ । यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भएर नभएको चेक गर्न प्रहरीले छडके जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए । तर, यो पटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन ।

नियम मिच्नेहरूले चकलेट पाए । यो समाचार आजको कान्तिपुर दैनिमा छ । अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट गुलियो खाजाको पोका पनि साथै पाए ।

‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो। जरिवाना नै काट्नुपर्ने हो। तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए। गल्ती पनि गर्ने गुलियो खाजा पनि पाउने, यस्तो किन? इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख दयानिधि ज्ञवाली भने, ‘कहिले काहीं मीठो तरिकाले पनि नियम सम्झाउँ भनेर हो नि। अरू बेला कारबाही नै हुन्छ।’