ट्राफिकलाई बिलबुकमा घुस राखेर दिने चालक पक्राउ

१८ फाल्गुन २०७४, शुक्रबार ०७:५१

फागुन १८, काठमाडौं ।

काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति भवन छेउ ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चालक नुवाकोट घर भइ हाल सोल्टीमोड बस्दै आएका २६ वर्षीय बिकास तामाङ छन् ।

शुक्रबार बिहान उनले बा २ ज १३५४ नम्बरको ट्याक्सी राष्ट्रपति भवन अगाडि सडकमा पार्किङ्ग गरी राखेको थिए ।

कारबाही गर्ने क्रममा ट्राफिकलाई बिलबुकमा राखेर २०० रुपैयाँ दिन खोज्दा उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत, महाराजगञ्जमा राखिएको छ ।