ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु, आठ घाइते

२९ माघ २०७६, बुधबार ११:२०

नवलपरासी , पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने दुर्घटनामा आठजना घाइते भएका छन्।

छरछरेबाट बुलिङ्गटार जाने क्रममा लु ४ च २५५६ नम्बरको ट्रयाक्टर मंगलबार बेलुकी दुर्घटनामा परेको हो। इलाका प्रहरी कार्यालय बुलिङ्गटारका अनुसार मृत्यु हुनेमा स्थानीय २२ वर्षीय नरबहादुर मगर, ५९ वर्षीय यानसिंह सारु मगर, ४० वर्षीय कुलबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु मगर रहेका छन्। पाँचजना सकुशल रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि चितवन पठाइएको छ।