ट्रकले ठक्कर दिँदा ११ वर्षीय बालकको मृत्यु

१२ फाल्गुन २०७६, सोमबार १५:१९

भक्तपुर, भक्तपुरको च्याम्हासिंहमा निशान ट्रकले ठक्कर दिँदा ११ वर्षीय बालकको मृत्यु भएको छ। च्याम्हासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले पैदल हिँडिरहेका ११ वर्षीय तिलक माकजुलाई ठक्कर दिँदा उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो। ट्रकको ठक्करले गम्भीर घाइते भएका माकजुलाई उपचारका लागि तत्कालै जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा प्राथमिक उपचार गरी थप उपचारको लागि ललितपुरको ग्वार्कोस्थित बि।एण्ड बि। अस्पताल लगिएको थियो।

महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न सवारी साधन र सवारी चालक जिल्ला रोल्पा रुम्तीगढी गाउँपालिका १ घर भई हाल सूर्यबिनायक १० भातेढिकुर बस्ने बर्ष २६ को सुरेश मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।