ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

२४ मंसिर २०७६, मंगलवार १०:३६

हेटौंडा , पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा सोमबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान जानेमा हेटौंडा–१ का ३० वर्षीय सुरेन्द्र आलेमगर रहेको जनाइएको छ ।

उक्त दुर्घटनामा मनहरी गाउँपालिका वडा नम्बर ५ का सुरेश स्यांतान घाइते भएका छन् । सोमबार राति मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना४ख ७४३७ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना५१प २१८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।