ट्याक्सी र कार ठोक्किँदा एकजनाको मृत्यु, ४ जना घाइते

२८ कार्तिक २०७५, बुधबार १२:५०

काठमाडौं

सानो भर्‍याङमा ट्याक्सी र कार ठोक्किँदा एकजना वृद्धाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

मंगलबार राति बा २ ज ३१५ नम्बरको ट्याक्सी र बा १० च ५१९१ नम्बरको कार ठोक्किँदा ट्याक्सीमा सवार टोखा ११ महादेवटार बस्ने गोरखाको सिरनचोक गाउँपालिका ७ की ७० वर्षकी मोतीसरा भूजेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा सवार अरु ४ जना घाइते भएका छन् । उनीहरुको स्यम्भूमा रहेको मनमोहन अस्पतालमा उपचार भैरहेको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।