‘टिका माला’ को भिडियो सार्वजनिक

३ कार्तिक २०७६, आईतवार १८:१०

काठमाडौं , गीतकार रमेश बिजिको शब्दमा शुभ दिपावलीको अवसर पारेर आधुनिक गीत ‘टिका माला’ को भिडियो सार्वजनिक भएको छ । संगीतकार बिबी अनुरागिको संगीत र संयोजन रहेको उक्त गीतमा नेपाली आधुनिक क्षेत्रका प्रशिद्ध गायक रामकृष्ण ढकालले कर्णप्रिय आवाज दिएका छन् ।गीतको भिडियोमा गायक तथा मोडल प्रकाश सपुत र सरिता लामिछानेले अभिनय गरेका छन् ।

त्यस्तै लोकदोहोरी भिडियोमा रुचाइएका निर्देशक शंकर बिसीले सोही भिडियोमा निर्देशन गरेका छन् । बिन्द्यावासिनी म्युजिकको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।