झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

११ फाल्गुन २०७७, मंगलवार १५:४८

झापा।  झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डि४ छाप्रा नं. ३९ का ५५ वर्षिय सरे राईलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनले आफ्नै श्रीमती ४९ वर्षिया विष्णुमायाँ तामाङ्लाई मंगलबार मादक पदार्थ सेवन गरी कुटपिट गरेका थिए । कुटपिटबाट श्रीमतीको घट्ना स्थलमै मृत्यु भएको र हत्या पछि भागेका उनलाई प्रहरी चौकी बाघखोरको टोलीले नियन्त्रणमा लिएको हो ।

झापाका प्रहरी प्रवक्ता राकेश थापाका अनुसार उनलाई सोहि ठाउँका एक घरबाट लिकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भई रहेको छ ।