ज्योति साहित्य प्रतिष्ठानले १२औ वार्षिकोत्सव मनायो

१६ माघ २०७५, बुधबार १५:३८

काठमाण्डौ, ज्योति साहित्य प्रतिष्ठानले आज कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख अतिथिमा १२औ वार्षिकोत्सव मनाएको छ ।

सोही अवसरमा १० बृद्धबृद्धाहरूलाई भोजन खुवाउने २०,पुस्तक लोकार्पण अतीतका थुङ्गाहरू बाबुकाजी सिलवाल ३० स्रष्टा सम्मान अर्पण , ज्योति साहित्य सम्मान प्रा डा उषा ठाकुर, डा हेमनाथ पौडेल, एसपी आशा,राम विनय, काजी रोशन, जयदेव भट्टराई लगायतलाई र ज्योति प्रतिभा सम्मान रामकुमार पण्डितलाई गरेको छ ।

कार्यक्रम ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिहको अध्यक्षतामा सम्पन्न भएको थियो ।