ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैनः वायुसेवा सञ्चालक

१२ भाद्र २०७६, बिहीबार ०९:११

काठमाडौं, आन्तरिक हवाई उडामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई शुल्क छुट दिने सरकारी निर्णय कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन्।

निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायूसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएका छन्।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्यान्वयन गर्न खोजेको आन्तरिक हवाई भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नसकिने स्पष्ट पारिएको छ। यो समाचार आजको कारोवार दैनिकमा छापिएको छ ।