ज्याकेट किन्न भनेर गएकी पूजा चार दिनदेखि बेपत्ता

४ मंसिर २०७६, बुधबार १०:१९

गुल्मी , ईस्मा गाउँपालिकाकी १७ वर्षीया ४ दिनदेखि बेपत्ता भएकी छन् । ईस्मा गाउँपालिका–५, जामुनडाँडा घर भएकी मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिँडेकी थिइन् । उनी बुटवल जाने बस चढेर तम्घाससम्म आएको देख्ने स्थानीय एकजना पाका पुरुष छन् ।

पूजासँगै ईस्माबाट बसमा आएका उनका छिमेकीले तम्घासको उदिनढुंगामा रहेको सिर्जना होटलमा ओर्लन र खाना खाएर जान भनेका थिए । तर पुजाले ‘म पर ओर्लिन्छु’ भन्दै त्यहाँ ओर्लिन नमानेको उनको भनाइ छ ।

त्यसपछि पूजालाई तम्घासमा देख्ने कोही भेटिएका छैनन् ।पूजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भएपछि स्वास्थ्यमा थप समस्या परेको बाबु नारायणप्रसाद बताउँछन् ।

दोहलीस्थित रामराजा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत पूजा कविता र गीत–गजल लेखनमा बढी रुची राख्थिन् । उनका परिवारले ईस्मा प्रहरी चौकीमा खोज तलासका लागि जाहेरी दिएको बताइएको छ ।

उनी तम्घासबाट त्यही बसमा बुटवल गएको हुन सक्ने आशंका गरिएको छ ।