जिल्ला प्रशासन कार्यालय गुल्मीले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका बन्द गर्ने

३१ बैशाख २०७७, बुधबार १६:२०

गुल्मी , जिल्ला प्रशासन कार्यालय गुल्मीले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन र जिल्ला सुरक्षा समिति गुल्मीको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले निर्णय लागू भएको दिनदेखि अन्तिमसम्म एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत, सञ्चार, खानेपानी, औषधी र इन्धनका सवारी बाहेक अन्य सबै प्रकारका सवारी साधनहरुको आवगमन पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।

त्यस्तै बिरामी भएको अवस्था बाहे अन्य अवस्थामा सर्वसाधारणहरुलाई घरबाट बाहिर ननिस्किन समेत आग्रह गरिएको छ । त्यस्तै बैठकले अत्यावश्यक खाद्यान्न सामाग्री किनबेचका लागि सामाजिक दुरी कायम गरी बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । तर अस्पताल, स्वास्थ्य संस्था, औषधी पसलहरु र पेट्रोल पम्प भने २४ घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ ।