जिल्ला प्रशासनले भन्यो, ‘भीडभाडमा नजानू, भेला, सभा, सम्मेलन नगर्नू’

२२ फाल्गुन २०७६, बिहीबार १२:५६

काठमाडौं, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु आयोजना नगर्न अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएपछि काठमाडौं जिल्ला प्रशासनले यस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व कार्यक्रमको आयोजना नगर्न र यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको हो ।

जिल्ला प्रशासनले यसवर्ष होली (फागु पर्व) पनि नमनाउन आग्रह गरेको छ ।