जाल्टनको पहिलो हृयाट्रिक

१४ श्रावण २०७५, सोमबार १५:००

साउन १४, काठमाडौं ।

भेट्रान स्ट्राइकर जाल्टन इब्राहिमोभिचले एमएलएसमा पहिलो हृयाट्रिक गरेका छन् ।

एएल ग्यालेक्सीले ओलान्डो सिटीलाई ४-३ गोल अन्तरले हराउँदा जाल्टनले तीन गोल गरेका हुन् । खेलमा अग्रता भने ओलान्डो सिटीले १९ औं मिनेटमा लिएको थियो ।

४८ औं मिनेटमा पहिलो गोल गरेका जाल्टनले ६७ र ७१ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरेका हुन् ।

एलए ग्यालेक्सी लगातार ९ खेलमा अपराजित छ र ३५ अंकका साथ वेष्टर्न कन्फ्रेन्सको तेस्रो स्थानमा छ ।