जापानमा ७.१ रेक्टरको शक्तिशाली भूकम्प

१ फाल्गुन २०७७, शनिबार २१:३४

काठमाडौं। शनिबार जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार रातिको ११ बजेर १३ मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट टाढा रहेको फुकुसिमा प्रान्तमा रहेको बताइएको छ।

जापान स्थित नेपालीहरुले पनि भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

इपिसेन्टर फुकुसिमा तथा मियागी प्रान्त, कान्तो लगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।