जापानमा ५.५ म्याग्नीच्युडको भूकम्प

१३ मंसिर २०७६, शुक्रबार १५:४६

एजेन्सी , शुक्रबार टोकियो जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ । यद्यपि, यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन ।

तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने प्राप्त भएको छैन । –सिन्ह्वा