जापानकी राजकुमारीले त्याग गरिन् शाही शीर्षक

१३ कार्तिक २०७५, मंगलवार ०९:०४

एजेन्सी ।

गत वर्षपनि जापानकी राजकुमारी माकोले साधारण व्यक्तिसँग विवाह गर्न शाही शीर्षक त्याग गरेपछि विश्वभर उनको प्रेमको चर्चा चलेको थियो । त्यसैगरी सोमबार जापानकै अर्की राजकुमारी, आयाकोले पनि टोकियोस्थित आफ्ना लामो समयदेखिका प्रेमी केइ मोरियासँग विवाह गरेकी छन् जो साधारण हुन् ।

बेलायती राजकुमार ह्यारीले पूर्व अमेरिकी मोडल मेघानसँग विवाह गर्दा पाएको समर्थन जापानमा भने प्रचलित छैन । त्यहाँ राजपरिवारका सदस्य सामान्य व्यक्तिसँग वैवाहिक सम्बन्ध राखेमा शाही शिर्षक र सम्पति समेत त्याग गर्नुपर्ने नियम रहेको छ । यस्तोमा ३२ वर्षीय मोरिया जापानका एक साधारण व्यवसायी भएकाले राजकुमारी आयाकोले आफ्नो शाही शिर्षकका साथै करिब १० लाख डलर बराबरको धन समेत त्याग गरेकी हुन् ।

यसबारे उनले भनेकी छन्, ‘म यति भाग्यशाली भएकामा आफैँ अचम्मित छु ।’ तर आफूले शाही परिवार छाडेपनि यसप्रतिको सम्मानमा भने कहिल्यै कमी नआउने उनले बताइन् । यसरी सोमबार टोकियोमा परम्परागत शैलीमा विवाह गरेको यो जोडी निकै हर्षित देखिएका थिए। मोरियाले भने अकायोलाई सामान्य जीवनशैली अपनाउन मद्दत गर्ने बताएका छन् ।

दुवैको भेट राजकुमारी आयाकोकी आमा मार्फत भएको अन्तराष्ट्रिय संचार माध्यमको भनाइ छ । यसबारे संचारकर्मीसँग कुरा गर्दै अकायोले भनिन्, त्यतिबेला हामी पहिलोपटक भेटेपनि मलाई पहिलो अन्र्तक्रिया जस्तो महसुस भएको थिएन । हामीले लामो समयदेखि एकअर्कालाई चिनेको जस्तो लागेको थियो ।’ यसपछि मोरियाले भने, ‘मैले त्यसै समय थाहा पाइसकेको थिएँ कि म यही व्यक्तिसँग आफ्नो सम्पूर्ण जीवन बिताउनेछु ।’

जापानमा दुईपटक राजकुमारीहरुले बहादुरीपूर्ण शाही शिर्षक त्याग गरि प्रेमको बाटो अपनाएका छन् । गत वर्ष अकायोकी आफन्त, राजकुमारी माकोले भने कलेज पढ्दाका साथीसँग विवाह गरि शाही खानदानबाट बाहिरिएकी थिइन् । अब जापानको राज परिवारमा केबल पाँच पुरुष मात्र रहेका छन् जसले शाही पुस्तालाई अघि बढाउने बताइएको छ । यसरी आफ्नो शिरमा ताज भएपनि शाही परिवारले लागतार साँचो प्रेमको उदाहरण दिँदै आएकामा समर्थन पाउने गरेको छ । त्यसकारण उनीहरुको यस्तो बहादुरीपूर्ण कदम इतिहासमा सधैँ याद राखिने जापानी संचार माध्यमले जनाएका छन् ।