जापानका विदेशमन्त्री कोनो र नेपालका प्रधानमन्त्रीबीच भेटबार्ता

२६ पुष २०७५, बिहीबार १२:०२

काठमाडौं– नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटवार्ता  गर्नु भएको छ । 

आज बिहान बालुवाटारमा भएको भेटका क्रममा आपसी हितका सन्दर्भमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री तारोले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।विदेशमन्त्री तारोले हिजो समकक्षी प्रदीप ज्ञवालीसँगको भेटवार्ता  गर्नु भएको थियो ।  सो क्रममा जापानसँगको सिधा हवाई उडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । बुधबार काठमाडौं आएका तारो बिहीबार जापान फर्कने परराष्ट्रमन्त्रालयले जनाएको छ ।