जाडोमा खाली पेट खानुस् यी खानेकुरा, स्वास्थ्य हुन्छ राम्रो

२५ मंसिर २०७७, बिहीबार ११:२७

जाडोमा तातो खान सबैलाई मन लाग्छ । यस्तो मौसममा तारेको र भुटेको खानेकुरा खाँदा पेटमा समस्या आइलाग्छ ।

यहाँ हामी खाली पेटमा खाने वस्तुहरूको चर्चा गर्दैछौं । ती खानेकुराले शरीरलाई न्यानो र स्वस्थ राख्छन् र तौल पनि नियन्त्रणमा राख्छन् ।

तातोपानी र मह
जाडोमा तातोपानी र मह पिएर दिनको आरम्भ गर्ने गर्नुस् । महमा मिनरल, भिटामिन, फ्लेभोनोइड्स र एन्जाइम भरपूर हुन्छ । यिनले आन्द्रालाई सफा राख्छन् । मनतातो पानीमा मह राखेर पिउँदा सबै विषाक्त पदार्थ शरीरबाट निस्कन्छन् । यसले तौल पनि घटाउँछ ।

भिजाएको बदाम
बदाममा म्यांगनिज, भिटामिन ई, प्रोटीन, ओमेगा–३ र ओमेगा–६ फ्याट्टी एसिड हुन्छ । बदामलाई राति भिजाएर बिहान उठेर खाँदा बढी फाइदा हुन्छ । यसको बोक्रामा ट्यानिन हुन्छ जसले शरीरमा पोषक तत्त्वहरूलाई कयाम राख्न सहायता गर्छ । बदामले शरीरलाई पोषण दिनुका साथै तातो पनि राख्छ ।

ओटमील
ओटमील जस्तो राम्रो ब्रेकफास्ट केही हुन्न । यसमा एकदमै कम क्यालोी हुन्छ र पोषक तत्त्व भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त तत्त्व बाहिर निकालेर आन्द्रालाई स्वस्थ राख्छ ।

मेवा
आन्द्रालाई स्वस्थ राख्नुका साथै मेवाले पेटका अनेकौं समस्या हटाउँछ । खाली पेटमा मेवा खानु उत्तम हुन्छ । यसले कोलेस्ट्रोल घटाउँछ, मुटुरोग हटाउँछ र तौल पनि घटाउँछ । (एजेन्सी)