जलविद्युत् उत्पादकको समस्याप्रति सरकार गम्भीर देखियोः उर्जा उत्पादक भण्डारी

५ जेष्ठ २०७७, सोमबार १८:११


काठमाडौं , जलविद्युत् उत्पादक कृष्णप्रसाद भण्डारीले जलविद्युत् उत्पादकको समस्याप्रति सरकार गम्भीर भएको बताउनु भएको छ । हालै उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसँग सिंहदरवारमा भएको भेटमा कोरोनाले पारेको प्रभावको समाधानबारे छलफल भएको उहाँले बताउनु भयो । कोरोना भाइरसले यस क्षेत्रमा पारेको प्रभाव र यसका वर्तमान र दीर्घकालीन समस्या र निराकरणबारे पनि मन्त्रीसँग छलफल भएको उहाँले बताउनु भयो ।

उर्जा उत्पादनको क्षेत्रमा लामो समयदेखि सक्रिय भण्डारीले मन्त्रीसँगको भेट सकारात्मक भएको बताउनु भयो । जलविद्युत्को क्षेत्रमा निजी व्यवसायीले गरेको योगदानको मूल्यांकन गर्न पनि उनीहरुले सुझाव दिएका छन् । भण्डारीले उर्जा उत्पादनमा आफूहरुको ठूलो लगानी रहेको भन्दै यसको संरक्षणका लागि पनि पहल गरिदिन मन्त्रीलाई आग्रह गर्नु भएको थियो प्रतिनिधिमण्डलले मन्त्रीको संयोजकत्वमा यससम्वन्धी समस्या समाधानका लागि उत्पादकसमेतको सहभागिता रहने गरी विशेष समिति गठन गर्न पनि आग्रह गरेका छन् ।

स्वतन्त्र विद्युत् उत्पादकहको संस्था (इपान) ले मन्त्री पुनलाई सरकारको कोरोना राहत कोषमा जम्मा हुने गरी १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैंया आर्थिक सहयोग गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाइले मन्त्रीलाई चेक हस्तान्तरण गर्नु भएको हो । व्यवसायीहरु मोहनकुमार डाँगी र गणेश कार्कीको विशेष पहलमा सो रकम संकलन गरिएको थियो ।