जन्मदिनको दिन आफ्नो सपना पुरा गर्दै साकिरा

१९ माघ २०७६, आईतवार १०:४६


काठमाडौं , चर्चित पप गायिका साकिराले सोमबार आफ्नो जन्मदिन मनाउदैछिन् । उनले ४३ औँ जन्मदिनमा आफ्नो सपनाहरु पुरा हुने बताएकी छिन् । उनले आफ्नो बाल्यकालदेखिको सपना फेब्रुअरी २ मा पुरा हुने उनले बताएकी छिन् ।
सोमबार फ्लोरिडाको मियामीको हार्डरक स्टेडियममा उनले जेनिफर लोपेजसँग स्टेज सेयर गर्ने भएकी छिन् । उनले उक्त शोमा प्रस्तुती दिने सपना पहिलेदेखी नै रहेको बताएकी छिन् । २०२० को सुपर बाउल सोका लागि जेनिफर र साकिरा रिहर्सल गरिरहेका छन् ।