जनकपुर–अयोध्यालाई जुम्ल्याहा सहर घोषणाको तयारी

१८ मंसिर २०७५, मंगलवार ११:२०

काठमाडौं ।

नेपालको जनकपुर र भारतको अयोध्याबीच जुम्ल्याहा सहर घोषणाको तयारी भइरहेको थाहा भएको छ । भारतीय सञ्चार माध्यमहरुले मंगलबार जनाएअनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम–जानकी विवाहमहोत्सवका अवसरमा यही मंसिर २६ गते गर्ने जनकपुर भ्रमणका क्रममा यो समझदारीमा हस्ताक्षर हुन लागेको हो ।

योगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा नेपाल आउन लागेको समाचारहरुमा जनाइएको छ । योगीले आइतबार यस सम्बन्धमा नेपालबाट आफूलाई भेट्न गएको एक प्रतिनिधिमण्डलसँग जुम्ल्याहा सहरको बारेमा हस्ताक्षर हुने जानकारी गराएको भारतीय टेलिभिजन च्यानल ले जनाएका छ न।

योगीले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो नेपाल भ्रमण साँस्कृतिक हुने र त्यसले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न मद्दत गर्ने बताएका छन ।

यसअघि पनि नेपालका विभिन्न सहरहरुको सम्बन्ध विश्वका विभिन्न शहरहरुसँग नेपाल सरकारको स्वीकृति लिएर भगिनी सम्बन्ध स्थापना गर्ने चलन रहेको थियो । जुम्ल्याहा सहरको रुपमा विकास गर्ने बारेमा भने नेपालका हकमा यसपाली पहिलो पटक सुनिएको हो । यना जनकपुर र अयोध्याबीच जुम्ल्याहा सहर ट्विन सिटी को सम्बन्ध राख्ने बारेमा कुनैपनि कुरा नभएको जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानाले बताए । भारतीय सञ्चार माध्यमले भने भारतको मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणका क्रममा सो सम्बन्धी समझदारी हुन लागेको जनाएका थिए ।

ढुंगानाले जनकपुर र अयोध्याबीच यसअघिदेखि नै भगिनी सम्बन्ध सिस्टर सिटी सम्बन्ध स्थापना भएको र त्यसको नवीकरण भइसकेकोले अहिले समझदारी हुने कुराका बारेमा आफूलाई जानकारी नभएको बताए । सिस्टर सिटी र ट्विन सिटीको सम्बन्ध उस्तै खालको भएपनि अहिले भारतीय सञ्चारमाध्यममा एकतर्फी रुपमा कसरी यस्तो प्रचार भयो भन्ने बारेमा भने नेपाली पक्षले कुनै पनि जानकारी नभएको बताएको छ ।