जनआन्दोलनका घाइते मुकेश ओछ्यानमा

१६ माघ २०७५, बुधबार १६:०४

बनेपा, सहिदको सम्झनामा आज देशभरि सहिद दिवस मनाइरहँदा २०६२र६३ का जनआन्दोलनका घाइते मुकेश कायस्थ भने ओछ्यानमा नै छटपटिरहेका छन् । उनी २०६२ चैत २७ गते बनेपामा गोली लागी घाइते भएका थिए ।

प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका नेतासमेत आएर मुकेशलाई संसारको जुनसुकै ठाउँमा लगेर भए पनि उपचारको लागि लाग्ने सबै खर्च ब्यहोर्ने र जिउँदो शहीद घोषणा गर्ने भनिएता पनि अहिलेसम्म मन्त्रिपरिषद्ले सो निर्णय नगर्नु र पछिल्लो समयमा उपचारको लागि लाग्ने खर्चसमेत ब्यहोर्न आनाकानी गर्नुले मुलुक परिवर्तनका लागि ज्यानको आहुति दिने शहीद र उनका परिवारको योगदानको अवमूल्यन भएको परिवारको गुनासो छ ।