जंगलमा एकजना मृत फेला

२६ कार्तिक २०७६, मंगलवार १२:३८

रेसुङ्गा नगरपालिका–५ मा एकजना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनका अनुसार फोक्सिनी सामुदायिक जंगलमा ४५ वर्षीय काशीराम पाण्डे फेला परेको बताउनु भएको छ। २५ दिनदेखि सम्पर्कमा नआएका पाण्डे मंगलबार बिहान जंगलमा मृत फेला परेका हुन्। शव पोष्टमार्टका लागि गुल्मी अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसधान भइरहेको प्रहरीले बताएको छ।