छवि र शिल्पाको बिहेको हल्ला फई्लिँदै

१६ माघ २०७४, मंगलवार ०९:१४

माघ १६, काठमाडौं ।

केहि चलचित्रकर्मीको कुरालाई विश्वास गर्ने हो भने, निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबिच बिबाह भैसक्यो

उनीहरुले गतबर्षको दशैंमा नै काठमाण्डौको एक मन्दिरमा पुगेर सुटुक्क बिहे गरेका थिए । यहिकारणले नै निर्माता छविराज ओझाले रेखासँग कागजी रुपमा डिभोर्स गर्नका लागि हतार गरेका थिए ।

निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल र नायिका शिल्पा पोखरेल अहिले काठमाण्डौ बाहिर फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मंगलम’को प्रचारका लागि पुगेका छन् ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा छविले व्यक्तिगत प्रश्नको जवाफ दिदै शिल्पासँग चलचित्र रिलिज भएपछि बिहे गर्ने बताए । कुरा गर्दै छविले भने-‘शिल्पा र मेरो बिहेको कुरा कुनै नौलो नै होइन । हामीले बिहे गर्छौ भनेका नै छौ । यसैले, यसपटक चलचित्र प्रचारका लागि बिहेको कुरा म उठाउनै चाहन्नँ ।’

नेपालगञ्ज र सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गरेका छविले ‘मंगलम’ रिलिजपछि बिहेको कुरा हुने बताए । तर, जब छविराज ओझा र शिल्पा पोखरेलको चलचित्र रिलिजको समय आउँछ, बिहेको कुरा त निस्किहाल्छ ।