छथर गाउँपालिकामा विद्युतीय हाजिरी र सिसिटिभी

३० पुष २०७४, आईतवार १०:४४

पुस ३०, काठमाडौं ।
तेह्रथुमको छथर गाउँपालिकाका सबै सरकारी कार्यालयमा बिद्युतीय हाजिरी सुरु गरिएको छ । गाउँपालिका कार्यालयमा सिसिटिभीसमेत जडान गरिएकोे छ ।
गाउँपालिका क्षेत्रभित्रका विद्यालय, सबै स्वास्थ्यचौकी र सबै वडा कार्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

सुशासन अभिवृद्धि, शैक्षिक गुणस्तरमा सुधार तथा नियमित अनुगमनलाई व्यवस्थित गर्न गाउँपालिका कार्यालयमा सिसिटिभी तथा विद्युतीय हाजिरी सुरु गरिएको अध्यक्ष लिम्बूले बताए ।
गाउँपालिकाको कार्यालयका सबै काम र गतिविधिको प्रत्यक्ष निगरानी अध्यक्षको कोठाबाट हुन्छ । यस्तै गाउँपालिका क्षेत्रका नौवटा माध्यमिक विद्यालय, छवटा स्वास्थ्यचौकी र सातवटा वडा कार्यालयमा विद्युतीय हाजीरी मेसिन जडान गरिएको गाउँपालिका प्रवक्ता राजन नेपालीले बताए ।