छत्रदेव गाउँपालिकामा एमबिबिएस डाक्टर र वाईफाई सुविधा

२५ चैत्र २०७६, मंगलवार १६:२८

अर्घाखाँची , अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले सबै क्वारेन्टाइन र आईसोलेशन स्थलहरुमा एमबिबिएस डाक्टरहरुको सुविधा दिएको छ।

गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलका अनुसार पाँच ओटा क्वारेन्टाइन स्थलमा ३८ वटा बेड र एक आईसोलेशन स्थलमा ४ ओटा बेड पालिकाले निर्माण गरेको छ। ७ जना एमबिबिएस डाक्टरहरुले ति स्थलहरुमा सेवा दिईरहेका छन्।
‘७ जना एमबिबिएस डाक्टरहरुबाट सबै क्वारेन्टाइनमा सेवा प्रवाह भइरहेको र पालिकाले क्वारेन्टाइनमा बसेकालाई चिसोतातो पानी, वाईफाई, टेलिभिजन लगायतको सुविधा दिएको पोखरेलले जानकारी दिनु भयो ।