छठको पर्व दोश्रो दिन

२६ कार्तिक २०७५, सोमबार १६:१३

तराईवासी हिन्दूहरूको महान् पर्व छठको दोश्रो दिन आज खरना मनाइँदैछ। आज साँझ चामल, सक्खर र दूध मिलाएर बनाइएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना गर्न चलन छ।श्रद्धा, भक्ति र तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ आइतबारदेखि सुरु भएको हो।

सत्य र अहिंसाप्रति मानवजातिको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्ने पर्वका रुपमा लिइने छठमा समग्र तराइबासीलाई जोड्ने पर्व पनि हो। तराईका सबै जातजातिले साझा रुपमा मनाउनु यसको विशेषता हो। कार्तिक शुक्ल षष्ठीका दिन साँझमा अस्ताउदो र भोलिपल्ट सप्तमीका दिन बिहान उदाउदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ। चार दिनसम्म मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई कार्तिक शुक्ल सप्तमीका दिन बिहान समापन हुन्छ। चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा ुनहा खायु भनिन्छ। पहिलो दिन व्रतालुहरु खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन्। भोजनमा माछामासु, लसुन, प्याज र कोदोजस्ता वस्तु खान नहुने मान्यता रहेको छ।

पञ्चमी अर्थात् दोश्रो दिनलाई ‘खरना’ भनिन्छ। यसको अर्थ ुसंरक्षणु अर्थात् ुपापको क्षयु भन्ने हुन्छ। खरना सूर्यलाई अर्घ्य दिने दिनको अघिल्लो दिन भएकाले व्रतालुहरु दिनभरि निर्जल पानी पनि नखाइकन व्रत बस्छन्। साँझपख नुहाएर चोखो भई आफ्नो कूल देवता स्थापना गरेको पूजाकोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने र चढाउने गर्छन्।विशेषगरी पाकेको केरा र खीर प्रसादका रुपमा अनिवार्यजस्तै मानिन्छ।महाभारतको कथा अनुसार द्रौपदीसहित पाण्डवहरू गुप्तवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरू विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको लोक परम्परा रहेको छ।

 

तेश्रो दिन अर्थात् षष्ठीको दिन छठको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ। गहुँ वा चामल ओखल, जातो वा ढिकीमा कुटानी–पिसानी बनाइएको पिठोबाट विभिन्न परिकार बनाएर छठ पूजाका लागि प्रसाद तयार गरिन्छ। सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ। पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ। जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ।

 

 

चौथो दिन वा सप्तमी छठको अन्तिम दिन हो। व्रत लिनेहरू बिहानै उषाकालमा पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातःकालीन सूर्यलाई अर्घ दिईसकेपछि यो पर्व समापन हुन्छ।अर्घ्य गरिसकेपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ।महाभारतको कथा अनुसार द्रौपदीसहित पाण्डवहरू गुप्तवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरू विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको लोक परम्परा रहेको छ।

 

तराइबासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पछिल्लो समय विस्तारित हुँदै आएको छ। पहाडी समुदाय मात्र नभएर मुश्लिम धर्माबलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने छठ मनाउन थालेका छन्।छठका लागि मिथिलाका साथै तराइमा पर्ने पोखरी, तलाउ, नदी, ईनारलगायतका पानी श्रोत झकिझकाउ बनाउने काम भईरहेको छ।