चौहानको ७ बुँदे सुझाव पत्रले केन्द्रिय सचिवालयमा हलचल

१० मंसिर २०७५, सोमबार ११:३८

काठमाण्डौ ,दुई वाम पार्टी बिच एकता त भयो तर सबै जिल्लामा पदीय बाडफाँड भने हुन सकेको छैन् । नबगठित नेपाल कम्यूनिष्ट पार्टी नेकपा लाई तल्लो स्तरको एकता प्रक्रिया टुङग्याउन सकस परेको छ ।

दसैं अगाडी टुङग्याउने भने पनि अझै सजिलै छिटटै छिनोफानो हुन सक्ने अवस्था देखिएको छैन् । केही जिल्लाबाट पार्टीको जिल्ला अध्यक्षको नाम सिफारिस भए पनि पार्टीको बिधि बिधान प्रक्रिया बिपरित राम्रो मान्छे भन्दा हाम्रो मान्छे सिफारिस गरिएको भन्दै बिवाद चुलिएको छ । यस्तै अर्घाखाँचीमा पूर्वएमालेलाई अध्यक्ष र पूर्वमाओवादी केन्द्रको भागमा सचिव परेको छ । अर्घाखाँची जिल्ला अध्यक्षका लागि पीताम्बर भुसाल सिफारिस भएसँगै चरम विवाद देखिएको महिनौ बितिसकेको छ ।

अध्यक्षमा सिफारिस गर्दा आफूलाई अन्याय भएको भन्दै तत्कालीन एमालेका जिल्ला सचिव रामबहादुर चौहान नेकपाका शिर्ष नेताहरुलाई जिल्लाले गरेको गल्ती सच्चाउन खवरदारी गरिरहेका छन् । २०३८ सालदेखि नै राजनीतिमा सक्रिय रहेका चौहान संघ र प्रदेशको निर्वाचनमा निर्वाचन परिचालन कमिटिको सचिव भएका थिए । यसरी एकपक्षीय रुपमा सिफारिस गरेर पार्टीको विधि प्रक्रियालाई लत्याएर गरिएको सिफारिसले आफूजस्ता इमान्दार र योग्य तहका नेताहरुको अपमान भएको भन्दै चौहान नेकपाका शीर्ष नेतालाई भेटेर यसलाई सच्याउन र पार्टीलाई पद्धतिमा चलाउन लिखित सुझाव समेत दिएका छन् । चौहानको उक्त ७ बुँदे सुझाव पत्रले केन्द्रिय सचिवालयमा हलचल ल्याएको छ ।