चैत २३ गते हुने अस्थायी शिक्षकको परीक्षा स्थगित

१६ चैत्र २०७४, शुक्रबार ११:४२

चैत १६, काठमाडौं ।

आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ ।

शिक्षक सेवा अायोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो ।

अब परीक्षा कहिले हुन्छ भन्ने खुलाइएको छैन ।

अाजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका थिए ।