चैत मसान्तसम्म विश्वविद्यालयको पठनपाठन बन्द हुने

६ चैत्र २०७६, बिहीबार ०९:४७

काठमाडौं , कोरोना भाइरस विश्वभर फैलिएपछि सरकारले रोकथामका लागि बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुको पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार १५ बुँदे निर्णय गरेसगैँ विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको हो। ‘चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एंव व्यवस्थित रुपमा सम्पन्न गर्ने। तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने।’ बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ।