चुनावको मतगणना सुरु

२४ माघ २०७४, बुधबार ११:४२

माघ २३, काठमाडौं ।

राष्ट्रिय सभा सांसदहरुका लागि आज (बुधबार) भएको चुनावको मतगणना सुरु भएको छ ।

प्रदेश नं. ७ र ६ मा मतगणना सुरु भएको छ ।

प्रदेश ७ मा दलित र अल्पसंख्यक गरी दुई जनाको लागि मतदान भएको हो । दुई जनाका लागि मात्र मतदान भएकोले आजै साँझ मतपरिणाम आउने जानकारी दिइएको छ ।

प्रदेश ६ मा भने ८ जनाका लागि १२ जनाको उम्मेदवारी परेको छ । एमालेले ५, कांग्रेसले ४ र माओवादीले तीन जना उम्मेदवार उठाएको छ ।

सबै पदमा उम्मेदवार परेकोले प्रदेश ६ को परिणाम भने बुधबार राति मात्रै आउन सक्ने बताइएको छ । यता प्रदेश १, ३, ४ र ५ मा पनि मतगणनाको तयारी गरिएको जनाइएको छ ।

बुधबार प्रदेश नं. २ बाहेकका अन्य ६ प्रदेशहरुमा चुनाव भएको हो । प्रदेश २ मा यसअघि नै ८ जना सर्वसम्मत चयन भइसकेका छन् ।