चीसोको कारण बुटवलका विद्यालय बन्द

९ माघ २०७७, शुक्रबार १०:४८

बुटवल । शीतलहरका कारण अत्यधीक चीसो बढेपछि अत्याधिक बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गर्न बुटवल उपमहानगरपालिकाले निर्देशन दिएको छ ।बिहीबार विहानदेखिको शीतलहर र अत्यधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।

चिसो बढेसँगै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र पढाइ प्रभावित हुने भएकाले बुटवल उपमहानगरपलिकाले माघ ९ देखि माघ ११ गतेसम्म विद्यालय बिदा गर्न निर्देशन दिएको छ ।