चीन र भारतपछि अमेरिकाले मुख खोल्यो

१७ पुष २०७७, शुक्रबार ०८:३२

 

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई नेपालको आन्तरिक मामिला भनेको छ ।
‘यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्त्रिक मामिला हो’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । सो विषयलाई लिएर यसअघि भारत र चीनले पनि यो नेपालको आन्तरिक मामिला रहेको आशय राखेका थिए ।