चीनमा ट्रकले कारलाई ठक्कर दिँदा १५ को मृत्यु, ४४ घाइते

१९ कार्तिक २०७५, सोमबार ०८:२६

चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको लानझाओ शहरका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अधिकारीले आइतबार दिएको जानकारी अनुसार घाइतमध्ये १० जनालाई शरिरका विभिन्न भागमा गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । घटनामा ४४ जना घाइते भएका छन् भने उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।ट्रकका चालक लि फेङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।