चितुवाको डमरु मृतावस्थामा फेला

२ मंसिर २०७६, सोमबार १३:४५

दमौली , जिल्लाको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृतावस्थामा फेला परेको छ । व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा आज बिहान चितुवाको डमरु मृतावस्थामा फेला परेको हो ।

अन्दाजी २ वर्ष र १० किलो रहेको उक्त चितुवाको डमरुलाई डिभिजन वन कार्यालयको प्राङ्गणभित्र खाडल खनेर पुरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए । पेट फुटेको र घाउ चोट लागेको अवस्थामा फेला परेको डमरुको मृत्युको कारणबारे खुल्न नसकेको बरालले बताए । “भाले चितुवाकै आक्र(मणबाट डमरुको मृत्युभएको हुन सक्ने सम्भावना रहेको ,” बरालले भने ।

जिल्लामा विगत केही वर्षदेखि चितुवाको आतङ्क छ । भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्युभएको छ भने चारजना बालबालिका घाइते भएका छन् ।