चितुवाको आक्रमणबाट चार वर्षीय बालकको मृत्यु

२२ आश्विन २०७६, बुधबार ०८:४७

तनहुँ , चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन् ।

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनु भयो ।

भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो ।