चितवनमा महिलाको हत्या, तीन पक्राउ

१६ माघ २०७५, बुधबार १२:१६

काठमाडौं ,एक महिलाको चितवनको पूर्वी क्षेत्रमा हत्या भएको छ । हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।राप्ती नगरपालिका–६, मुडाभारमा सोमबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५२ वर्षीया रूपा थापाको हत्या भएको हो ।

घटनामा संलग्न आरोपमा प्रहरीले मंगलबार साँझ तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ ।