चितवनमा कोभिड १९ संक्रमित ६२ वर्षीय वृद्धको मृत्यु

१८ आश्विन २०७७, आईतवार ०८:४५

काठमाडौं, चितवनमा ६२ वर्षीय वृद्धको कोभिड १९ संक्रमणका कारण ज्यान गएको छ।

कालिका नगरपालिका ७ जुटपानी निवासी वृद्ध शुक्रवार साँझ ६ बजे कोरोना भाइरस संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या हुँदा अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए।

उनको उपचारका क्रममा आज विहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ।