चितवनभित्र बग्ने नदीमा माछा मार्न प्रतिबन्ध

२ बैशाख २०७५, आईतवार ११:००

वैशाख २, काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती, रिउ र नारायणी नदीमा माछा मार्न बैशाख एक गतेदेखि पूर्ण प्रतिवन्ध लगाइएको छ ।


विश्वकै दुर्लभ र अति नै संकटोन्मुख घडियाल गोहीको मुख्य बासस्थानको रुपमा रहेको नदी तथा जलासयमा माछा मार्न पूर्णयता निधेष गरिएको निकुञ्जले सूचना मार्फत जनाएको छ ।

पछिल्ला बर्षहरुमा तियारी जालको प्रयोग गरी निकुञ्ज भएर बग्ने नदी र पोखरीहरुमा माछा मार्ने र कतिपय अवस्थामा निकुञ्जका कर्मचारीहरु नै सहभागी भएको पाइएकोले यस्तो काम नगर्न निकुञ्जले सचेत गराएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदबहादुर खड्काले सूचना जारी गर्दै मूख्य कार्यालय कसरा परिसर, हात्तिसार, रेञ्जपोष्ट, प्रवेशद्धार, सुरक्षापोष्ट लगायतका निकुञ्जका कर्मचारी र सेना बस्ने कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा माछा मार्न पूर्ण रोक लगाइएको जनाएका छन् ।